पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

0
Shares

पूर्वाधार विकास बैंकले पूर्वाधार विकाससँग सम्बन्धित परियोजनाहरुमा ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ ।

राष्ट्र बैंकले एकीकृत निदेर्शन २०७५ लाई संशोधन गर्दै साना परियोजनामा पनि लगानी गर्न पाउने व्यवस्था गरेको हो ।

अब पूर्वाधार विकास बैंकले ३० करोड भन्दा कम कर्जा स्वीकृत तथा प्रवाह गर्न सक्ने छैन । यसअघि यस्तो सीमा प्रति परियोजना ५० करोड थियो ।
राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत पूर्वाधार विकास बैंकले लगानी गर्न सक्ने न्यूनतम सीमा घटाएको थियो । अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।

‘आफूले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ५० करोड भन्दा कम रकमको कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पारेको मानिने छैन,’ निर्देशनमा उल्लेख छ ।

पूर्वाधारमा मात्र लगानी गर्न स्थापना भएको यो बैंक ०७५ फागुन देखि सञ्चालनमा आएको हो ।