काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ चाबहिलस्थित एक मार्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ । म्याद नाघेका खाद्य सामग्री र पेय पदार्थ बिक्रीका लागि राखेको भन्दै विभागले जरिवाना गराएको हो ।
विभागले शुक्रबार गरेको बजार अनुगमन क्रममा कैफियत भेटिएपछि उक्त कारबाही गरेको हो ।
अनुगमन क्रममा काठमाडौं महानगरपालिका–६ चाबहिलमा सञ्चालित केबी एग्रो हाम्रो मिट एन्ड मार्टले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरी म्याद नाघेका सामग्री बिक्रीमा राखेको भेटिएको थियो ।
विभाग टोलीले उक्त मार्टमा ‘रश बदाम ड्रिंक’, ‘फ्यान्टा’ र ‘स्प्राइट’ जस्ता पेय पदार्थ उपभोग्य मिति समाप्त भइसक्दा पनि बिक्रीका लागि राखिएको फेला पारेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) को अधिकार प्रयोग गरी उक्त मार्टलाई २ लाख ५ हजार रुपैयाँ तत्काल जरिबाना गरेको हो ।










प्रतिक्रिया