के एल यूनिभर्सिटीको नेपालका पाँच शैक्षिक संस्थाले प्रवद्र्धन गर्ने

0
Shares

भारतको आन्ध्र प्रदेशमा सन् १९८० मा स्थापना भएको के एल यूनिभर्सिटीको नेपालमा पाँच शैक्षिक संस्थाहरुले प्रवद्र्धन गर्ने भएका छन् ।

विश्वविद्यालयलाई नेपालमा स्टार वल्ड इन्टरनेसनल एजुकेशन महाराजगञ्ज, इन्फर्मेटीक्स् कन्सल्टेन्सी पुतलीसडक, आव्सीका इन्टरनेशनल एजुकेशन थापाथली, काठमाण्डौ म्यासवे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी बागबजार, ह्वाइट प्लाटीनम एजुकेशन सर्भिसेज कुपन्डोल लगायतका शैक्षिक परामर्श व्यवसायी संस्थाहरुले नेपालमा प्रवद्र्धन गर्ने भएका हुन् ।

यूनिभर्सिटीले आफ्नो शैक्षिक कार्यक्रम, छात्रावृति, नेपालमा विश्वविद्यालयको प्रवर्दन रणनीति लगायतका विषयमा जानकारी गराउने उदेश्यले काठमाण्डौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

कार्यक्रमका लागि युनिभर्सिटीको टीम र दिल्लीमा अबस्थित एडुकाउन्र्सका समूह नेपाली शैक्षिक परामर्श व्यवसायीहरु, विद्यार्थी र पत्रकाहरुसँग साक्षतकार गर्ने उदेश्यले नेपाल आएका थिए ।

केनरु लक्ष्मैय्या एजुकेशन फाउन्डेसन अन्तरगतको केएल युनिभर्सिटी आन्ध्र प्रदेशको विजयवाडामा सन् १९८० मा स्थापना भएको थियो । विश्वविद्यालय अनुदान आयोग (युजिसि), प्राविधिक शिक्षका लागि अखिल भारतीय परिषद (एआईसिटिइ) द्धारा मान्यता प्राप्त, एनएएसि ए ++, एनबिए, एमएचआरडि द्वारा एनआईआरएफ ४१ औं र्याकिङ तथा रेटिङमा पर्न सफल र यूजिसिको वार्षिक मूल्याङ्कनमा क्याटंगोरी १ उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

यस यूनिभर्सिटीले फार्मेसी काउन्सिल अफ इंडिया (पिसिआई), काउन्सिल अफ आर्किटेक्चर (सिओए), बार काउन्सिल अफ इंडिया (बिसिआइ) को समेत स्वीकृत प्राप्त गरेको सो अवसरमा जानकारी दिइयो ।

यूनिभर्सिटीमा यईनस विश्वविद्यालय इन्जिनियरिंग (बीटेक र एमटेक) कार्किटेक्चर होटल म्यानेजमेन्ट, बीबीए, एमबीए बीएससी एग्रीकल्चर, बी फार्मसी, फर्म डी, एलएलबी र एलएलएम सञ्चालनमा छन् ।

एडुकाउन्सलर्स न्यू दिल्लीका बजार निर्देशक हिकांशु गौरलले भने,- “ के एल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई उच्च प्राथामिकतामा राख्दै केएल इन्जिनियरिङ्ग इन्ट्रान्स एक्जाम २०२१ र केएल म्याजनमेन्ट एपिट्युड टेष्ट २०१२१ सञ्चालन गरि १५ प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रावृति प्रदान गरिने छ ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।