झापाको हलदीबारीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

0
Shares

सनराइज बैंकले झापाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सञ्चालन गरेको छ ।

हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको एक नम्बर प्रादेशिक कार्यालय प्रमुख विवेक कुमार निरौलाले संयुक्त उद्घाटन गरेका हुन ।

सो उदेघाटन कार्यक्रममा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन ।

सनराइज बैंकले हालसम्म ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहररुमा पनि थप शाखाहररु संचालन गर्ने योजना रहेको जनाएको छ ।