सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ ।

कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएको सन्दर्भमा सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।