मनसुनका लागि सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक


काठमाडौँ। सिजीको प्रिमियम ब्रान्ड सिजी मेरिडियाले मनसुनमा लुगा धुने र सुकाउने झन्झटलाई सहज बनाउने उद्देश्यले अत्याधुनिक फ्रन्ट लोड वाशर ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार १० केजी धुने र ७ केजी सुकाउने क्षमता भएको यो वाशर ड्रायरमा डाइरेक्ट ड्राइभ मोटर, स्मार्ट ड्राइङ सिस्टम, अटो डोज, सुपर स्पा, जेट स्प्रे तथा इन्टेलिजेन्ट वासिङ सिस्टम जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ। साथै, एजी प्लस स्टेरिलाइजेसन र यूभी लाइट स्टेरिलाइजेसन प्रविधिले ब्याक्टेरिया र ढुसीबाट लुगालाई सुरक्षित राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।

कम्पनीले डाइरेक्ट ड्राइभ मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको जनाएको छ। आकर्षक डार्क ग्रे डिजाइनमा उपलब्ध यो वाशर ड्रायरले समय, ऊर्जा र मेहनत बचत गर्दै मनसुनमा पनि सहज र स्मार्ट लुगा धुने तथा सुकाउने अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सिजी मेरिडियाको नयाँ वाशर ड्रायर देशभर रहेका सिजी डिजिटल शोरुम तथा कम्पनीका आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।