देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा


काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न भागका छ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन् ।

सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन् ।

विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सडक खुलाइउने प्रयास जारी छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।