बुध्द एयरले उडान गन्तब्य विस्तार गर्दै, दैनिक १२० उडान गर्ने

0
Shares


बुध्द एयरले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्ने क्रममा थप चार वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ ।

बुध्द एयरले वैशाख १८ गतेदेखि पोखरादेखि सिमरा, बिराटनगर, नेपालगञ्ज र भरतपुरबाट भैरहवा उडान सुरु गर्ने जनाएको छ । देशमा आएको राजनैतिक परिर्वतन र विकेन्द्रिकरणलाई आत्मसाथ गर्दै प्रदेशस्तरमा सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

बुघ्द एयरले पोखरा–सिमरा–पोखरा, पोखरा–बिराटनगर–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा, भरतपुर भैरहवा भरतपुर र तुम्लिङटार -विराटनगर- तुम्लिङटार रुटमा हवाई उडान शुरु गर्ने जनाएको छ ।

योसँगै बुध्द एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्ने जनाएको छ । हाल बुध्द एयरले दैनिक १०० वटा उडान गर्दै आएको छ । कोरोनापछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन बुद्ध एयरको अग्रण भुमिका रहेको कम्पनीको दाबी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।