
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा बैशाख ५ गते आइतबार १३ करोड ९३ लाख इकाई धितोपत्र सूचीकृत भएको छ । सामुहिक लगानी कोष कुमारी इक्वीटी फण्डको १० करोड इकाई प्राथमिक निष्काशन सहित सो परिमाणको धितोपत्र सूचीकृत भएको हो ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चूक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर, नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर, साना किसान विकास लघुवित्तको २५ प्रतिशत बोनस र केही हकप्रद शेयर सूचीकृत भएको हो ।
जस अनुसार कुमारी इक्वीटी फण्डको १० करोड इकाई, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद, साना किसान विकास लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस र १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
| Name Of Company | Listed Unit | Type Of Shares |
| Citizen Investment Trust (CIT) | 13,592,592.00 | Right (82.84%) |
| Garima Bikas Bank Limited (GBBL) | 4,372,230.73 | Bonus (13.50%) |
| Nepal Investment Bank Limited (NIB) | 18,883,750.00 | Bonus (13%) |
| Sana Kisan Bikas Laghubitta (SKBBL) | 2,500,573.56 | Bonus (25%) |
| Sana Kisan Bikas Laghubitta (SKBBL) | 12,442.00 | Right |
| Kumari Equity Fund | 100,000,000.00 | IPO |
| Total | 139,361,588.29 |
आइतबार सूचीकृत भएका कम्पनीहरुको प्राथमिक निष्काशन, बोनस तथा हकप्रद शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा भएपछि सोमबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार (खरीद बिक्री) गर्न सकिनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया