नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा सकारात्मक गति, सातामै ५७ अंकले बढ्यो नेप्से


काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये चार दिन परिसूचक बढ्दा समग्रमा नेप्से ५७.०९ अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको हो ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ अंकमा पुगेर बजार बन्द भएको थियो ।

यो साताको ५ कारोबार दिनमा सोमबार, मंगलबार, बिहीबार र शुक्रबार बढेको परिसूचकमा बुधबार भने करेक्सन आएको थियो ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको थियो । सोमबार १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयरहरु ६७ हजार १५५ पटकमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँमा किनबेच भएका थिए ।

मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा कायम भएको थियो । उक्त दिन १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयरहरु ७५ हजार १० पटकमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँमा किनबेच भएका थिए ।

बुधबार भने नेप्सेमा गिरावट आउँदा कारोबार रकम पनि घटेको थियो । बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको थियो । उक्त दिन १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयरहरु ५६ हजार ९४ पटकमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएका थिए ।

बिहीबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा कायम बजारमा १ करोड ७७ हजार २२२ कित्ता सेयरहरु ५७ हजार ७८२ पटकमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएका थिए ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ७.९० अंक बढेर २७३४.६३ विन्दुमा कायम भएको छ । शुक्रबार १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयरहरु ७० हजार १५८ पटकमा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँमा किनबेच भएका छन् ।

साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?

यो साता सेयर बजारमा ५ कारोबार दिन नै एभरेष्ट कलरको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । साताको पहिलो कारोबार दिनदेखि अन्तिम कारोबार दिनसम्म एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यसैगरी, सोमबार श्रीनगर एग्रिटेकको सेयर मूल्य १०.९५ प्रतिशतले बढेको थियो भने कालंगा हाइड्रो ७.५० प्रतिशतले बढेको थियो ।

बुधबार बुङ्गल हाइड्रो १०.५० प्रतिशतले, बिहीबार स्नो रिभर्स १३.७१ प्रतिशतले र शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको थियो ।

यता, सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले घटेको बजारमा मंगलबार नबिल बैंक डेभेन्चर ७.४४ प्रतिशतले, बुधबार एनसीसी डेभेन्चर ७.१६ प्रतिशतले घटेको थियो भने बिहीबार कुथेली बुखरी स्मल हाइड्रो १५ प्रतिशतले र शुक्रबार बोटलर्स नेपालको सेयर मूल्य करिब १५ प्रतिशतले घटेको थियो ।

सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?

यो साता सबैभन्दा बढी कारोबार आँखुखोला हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको पहिलो कारोबार दिन सोमबार २९ करोड १५ लाख ५२ हजार रुपैयाँको, मंगलबार ३१ करोड ३७ लाख ४० हजार रुपैयाँको र बिहीबार २७ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको सोमबार २४ करोड ४६ लाख ५७ हजार रुपैयाँको, मंगलबार २७ करोड ३४ लाख ३१ हजार रुपैयाँको, बुधबार २६ करोड ३२ लाख ३५ हजार रुपैयाँको र बिहीबार २८ करोड ३३ लाख १९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

रिडी पावर कम्पनीको सोमबार २० करोड ६६ लाख ४८ हजार रुपैयाँको, मंगलबार ५५ करोड ७७ लाख ५० हजार रुपैयाँको, बुधबार ४२ करोड ३० लाख ८० हजार रुपैयाँको, बिहीबार २४ करोड ९२ लाख २० हजार रुपैयाँको र शुक्रबार ३० करोड ९३ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।