सुनको भाउ बैशाख लागेपछि १ हजार ५०० रुपैयाँले बढ्यो

0
Shares

विवाहको सिजन लागेपछि नेपाली बजारमा सुनको भाउ बढ्न थालेको छ । बैशाख यता मात्र सुनको भाउमा १ हजार ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँ तथा चाँदीको भाउ भने स्थीर रहेको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार, तेजावी ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबारका छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।