सिद्धार्थ व्यवस्थित लगानी योजनाले ३ प्रतिशत लाभांश वितरण गर्दै


काठमाडौँ । सिद्धार्थ क्यापिटल अन्तर्गत रहेको सिद्धार्थ लगानी योजनाले ३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजनाको शुक्रबार बसेको २०६ औं बैठकले गत आर्थिक वर्ष २०८२/८३ को करसहित ३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिफल प्राप्त गर्नको लागि २०८३ साउन ८ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम भएका इकाईधनीहरु मात्र योग्य हुने जनाइएको छ । क्यापिटलले गत आर्थिक वर्षको लेखापरीक्षण कार्य सम्पन्न गरेपछि लाभांश घोषणा गर्ने निर्णय भएको जनाएको छ ।

योजनाले प्राप्त लाभांशलाई पुनः खुद सम्पत्ति मूल्यमा लगानी गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।