संघीयता अनुसार स्थानीय तहमा शेयर बजार, शाखा विस्तारका लागि तात्दै ब्रोकर


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङगानाले सघिय संरचना अनुसार ब्रोकर कम्पनीलाई पनि स्थानीय तहमा पुर्याउनु पर्ने बताएका छन् । धितोपत्रको दोस्रो बजार मार्फत स्थानीय स्तरको पूँजी परिचालनका लागि पनि धितोपत्र दलाल कम्पनीको शाखा विस्तार गर्नु पर्ने ढुङगानाले जोड दिए ।

देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय तहको समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने उनको भनाई छ । धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुग्ने बताउदै उनले भने,“ब्रोकरको पूँजीगत क्षमता, व्यवसायिकताका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको छ ।” प्राथमिक बजार देशव्यापी भैसकेकाले दोस्रो बजारलाई पनि सोही अनुसार विस्तार गर्नु लागेको समेत उनले बताए ।

भिजन सेक्युरिको नवलपुरको कावासोतीमा शाखा कार्यालयको उद्घाटन गर्दै ढुङगानाले धितोपत्रको कारोबार देशव्यापी बनाउने क्रममा रहेको बताएका हुन । देशका ग्रामीण भेगमाका सर्वसाधारणले लगानी गरेको साधारण शेयर बिक्रीका लागि समस्या रहेको बताउदै अध्यक्ष ढुङगानाले भने,“ ब्रोकर शाखा विस्तारले स्थानीय तहका सर्वसाधारणले शेयर कारोबारका लागि भोग्नु परेको समस्याको समाधान हुनेछ ।”
धितोपत्रको प्राथमिक निष्काशन, कारोबार रकम, बजार पूँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको आधारमा २०७७ साल हाम्रो लागी विशेष रहेको उनले बताए । विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै सार्वजनिक निष्काशनमा १८ लाख भन्दा बढी लगानीकर्ताहरू सहभागी भएको बताउँदै उनले भने,“बोर्डले पछिल्लो समय बजारको सुधार तथा विकास विस्तारका लागि अन्य धेरै पहलहरूको भएको छ ।”

यो वर्ष हामी कारोबार प्रणालीको प्राविधिक सुधार एवं टि+२ को प्रभावकारी कार्यान्वयन गर्ने तथा थप लगानी उपकरणको व्यवस्थ ागर्ने तयारी गरिरहेको उनmे बताए । तिशिल एवं प्रभावकारी ऋणपत्र बजार सञ्चालन, ओटिसी बजारको यान्त्रीकिकरण लगायतका विषयहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले जानकारी दिए ।

हाल प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा रहेका उनको भनाइ छ । लामो समयदेखी प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया चालु आवमा नै टुङ्गोमा पुर्याउने भन्दै काम भैरहेको उनी बताउँछन ।

सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्न समेत उनले सुझाएका छन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।