लक्ष्मी बैंकले बढायो बचतको ब्याजदर, ओरेन्ज सेभिङ प्लसमा अफरै अफर

0
Shares

लक्ष्मी बैंकले नयाँ वर्ष अफरमा आकर्षक सुविधाहरु सहित ४.५% ब्याजदर भएको ओरेन्ज सेभिङ प्लस खाता संचालनमा ल्याएको छ ।

बैंकको ओरेन्ज सेभिङ प्लस बचत खातमा बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र रु.१० लाख सम्मको दुर्घटना मृत्यु /अक्षमता बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एम.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने पनि बैंकले जनाएको छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ओरेन्ज कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता“ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।