काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको हिजो आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
बक्स अफिसले चलचित्र गौथली, रोल नं. १ र भागदौडको कारोबार विवरण सार्वजनिक गरेको हो ।
साउन १० गते मध्यरातसम्मको विवरण हेर्दा साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ ले १० दिनमा २ लाख ६० हजार २५४ वटा टिकटबाट ७ करोड ४२ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र ‘गौँथली’को हालसम्मको कमाई हेर्दा दुई सातामा नै १० करोडको आँकडा पार हुने देखिन्छ ।
कमाईको दोस्रो स्थानमा रहेको चलचित्र रोल नं. १ रहेको छ । जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ७१ हजार ४७३ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । विनोद पौडेलको निर्माण रहेको उक्त चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।
त्यसैगरी, असार २६ देखी प्रदर्शनमा आएको चलचित्र भागदौडले हालसम्म ४४२ वटा टिकट बिक्री गर्दै १ लाख १९५ रुपैयाँ आम्दानी गरेको छ । चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् ।










प्रतिक्रिया