रिज लाइन इनर्जीको लक–इन अवधि भदौ १३ गते सकिने


काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले लकइन अवधि भदौ १३ गते सकिदै छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ १३ गते उक्त अवधि समाप्त हुने जनाएको हो।

सर्वसाधारणका लागि निष्कासन गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ७१ हजार १०० कित्ता सेयर हाल लक–इनमा रहेको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम बाँडफाँड भएको मितिले ६ महिनासम्म यस्तो सेयर बिक्री गर्न नपाइने व्यवस्था रहेको छ। यो लक–इन अवधि २०८२ फागुन १४ गतेदेखि सुरु भएको थियो। कम्पनीको बिकी प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।