काठमाडौँ । इन्फिनिक्स नेपालले आफ्ना स्मार्टफोनलाई अझ बढी ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यले ‘बिग फोन्स, स्मल पेमेन्ट’ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले इन्फिनिक्सका विभिन्न स्मार्टफोन ० प्रतिशत ब्याजदरको १२ महिनासम्मको इएमआई सुविधामार्फत खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले छनोट गरिएका इन्फिनिक्स स्मार्टफोन खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १२ महिनासम्म कुनै अतिरिक्त ब्याजबिना मासिक किस्तामा तिर्न सक्नेछन्। यो सुविधा गुडवील फाइन्यान्स लिमिटेडको सहकार्यमा उपलब्ध गराइएको हो ।
कम्पनीले यो योजनाले एकैपटक ठूलो रकम तिर्न नसक्ने ग्राहकलाई सहज मासिक किस्तामा आफ्नो रोजाइको स्मार्टफोन खरिद गर्ने अवसर प्रदान गर्ने जनाएको छ। इन्फिनिक्स का जीटि सेरिन्ज, नोट सेरिन्ज र हट सेरिन्जका लोकप्रिय मोडेलहरू यस योजनामा समावेश गरिएको छ।
इएमआई योजनाअन्तर्गत हट ७० (६ जीबि/१२ जिबी) का लागि १२ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक १ हजार ६०० रुपैयाँ किस्ता तोकिएको छ। त्यस्तै हट ७० (८ जीबि/१२८ जिबी) मा १४ हजार रुपैयाँ डाउन पेमेन्ट तथा मासिक १ हजार ७५० रुपैयाँ, नोट इडीजीई (८ जिबी/१२८ जिबी) मा १६ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार १०० रुपैयाँ तथा नोट इडीजीई (८ जिबी/२५६जिबी) मा १९ हजार २०० रुपैयाँ डाउन पेमेन्टसहित मासिक २ हजार ४०० रुपैयाँ तिर्नुपर्नेछ।
यसैगरी नोट ६० (८ जिबी/२५६ जिबी) मा १८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ३०० रुपैयाँ, नोट ६० (८ जिबी/२५६ जिबी)मा २० हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ६०० रुपैयाँ, जीटि ३० प्रो (८ जिबी/२५६ जिबी)मा २२ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ८०० रुपैयाँ तथा जीटि ३० प्रो (१२ जिबी/२५६ जिबी) मा २४ हजार रुपैयाँ डाउन पेमेन्ट र मासिक ३ हजार रुपैयाँ किस्ता तोकिएको कम्पनीले जनाएको छ।
त्यस्तै नोट ६० प्रो (८ जिबी/२५६ जिबी) का लागि २४ हजार रुपैयाँ डाउन पेमेन्ट र मासिक ३ हजार रुपैयाँ तथा नोट ६० प्रो (८ जिबी/२५६ जिबी) मा २६ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरी मासिक ३ हजार ३५० रुपैयाँ तिरेर स्मार्टफोन खरिद गर्न सकिनेछ। सबै इएमआई योजना १२ महिनाको अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।
इन्फिनिक्सले शक्तिशाली प्रदर्शन, आधुनिक प्रविधि, उत्कृष्ट फिचर र आकर्षक डिजाइन भएका स्मार्टफोनलाई सहज किस्तामा उपलब्ध गराएर नेपाली ग्राहकलाई नयाँ प्रविधिमा अपग्रेड हुन आर्थिक रूपमा थप सहज बनाउने उद्देश्य राखेको जनाएको छ।
यो ० प्रतिशत ब्याजदरको इएमआई सुविधा नेपालभरका अधिकृत इन्फिनिक्स रिटेलर तथा सहभागी आउटलेटहरूमा गुड वील फाइन्यान्सको सहकार्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।










प्रतिक्रिया