यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु


काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषदका बैठकका केही निर्णय सार्वजनिक गरिएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले निर्णयहरुबारे जानकारी दिएका हुन्।

बैठकले नौ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न अनुमति दिनेसहित विभिन्न निर्णय गरेको छ।

यी हुन् सार्वजनिक भएका निर्णय

१. देहायका विधेयकहरू संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने :

–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
–खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
–संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
–राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक
–बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक
–आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
–मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
–कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने,

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने।

४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।