काठमाडौँ । ८० महिनाको लामो पर्खाइपछि नागढुंगा सिस्नेखोला सुरुङमार्गको भव्य उद्घाटन गरिएको छ । साउन ११ गते भौतिक पूर्वाधार तथा यातयात मन्त्री स्ुनिल लम्सालले सुरुङमार्गको औपचारिता पूरा गरेका हुन् ।
काठमाडौँ र धादिङको दूरीलाई १० देखि १५ मिनेटमा छुट्याएको हुनाले यो सुरुङमार्गबाट यात्रा गर्न जो केही आतुर छन् ।
नेपालकै पहिलो २.६८ किलोमिटर लामो यो अत्याधुनिक सुरुङले समय, खर्च दुवै बचाउने भएकोले यो सुरुङमार्ग सबैका लागि महत्वपूर्ण छ । तर, उक्त सुरुङमार्गमा सवारी सञ्चालन गर्न के गनुपर्छ भन्ने चासो आम जनमासमा परेको छ ।
नागढुंगा सुरुङमार्गमा टोल शुल्क स्वचालित रूपमा तिर्न अत्याधुनिक ’एनट्याग’ अर्थात् आरएफआईडी प्रविधि राखिएको छ । सुरुङमार्गमा प्रयोग गरिने एनट्याग एक प्रकारको इलेक्ट्रोनिक टुल हो, जसलाई सवारी साधनको अगाडिको सिसाको भित्री भागमा टसिन्छ ।
जुन एनट्याग हाललाई कुमारी बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंकमार्फत १ हजार, २ हजार र ५ हजार रुपैयाँ जम्मा गरेर लिन सकिन्छ । लक्ष्मी बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकबाट भने केही समयपछि एनट्याग लिन सकिने विभागकी प्रतिनिधि चेतना थापाल जानकारी दिइन् । ती बैंकहरुसँग पनि सहकार्य गर्ने तयारी भइरहेको उनले बताइन् ।

एनट्यागको लागि सवारी साधनको दर्ता प्रमाणपत्र (ब्लु बुक), सवारी धनीको नागरिकता, राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ ।
नागढुंगाको बाहिर गेटमा जडान गरिएका आरएफआईडी रिडरले सवारीको सिसामा रहेका एनट्यागलाई गुडिरहेकै अवस्थामा स्वतः पहिचान गर्ने र ३० सेकेन्डभित्र गेट खुल्ने व्यवस्था मिलाइएको छ । जसले गर्दा सवारी साधन रोकिरहनु पर्ने, जाम हुने जस्ता झन्झट हुँदैन ।
एनट्याग नहुनेहरूका लागि शुरूआति चरणमा टोल बुथमै नगद तिर्ने वा ’क्युआर कोड’ स्क्यान गर्ने विकल्प पनि खुला राखिएको छ ।
तर, नेपालकै पसिहलो सुरुङमार्ग भएकोले यो सुरुङमार्गमा परिक्षणको लागि आपतकालीन सवारीसाधनका लागि मात्र खुला गरिएको आयोजना प्रमुख ई. सौजन्य नेपालले बताए । अहिले सबै सवारी साधनलाई प्रवेश नदिएको उनी बताउँछन् ।
सुरक्षाका सम्पूर्ण प्राविधिक पक्षहरूलाई पूर्ण रूपमा जाँचेर, हप्ता–दश दिन पछि मात्रै अन्य निजी तथा सार्वजनिक सवारीलाई प्रवेश दिइने उनले बताए ।
कुन सवारी साधनलाइ कति लाग्छ शुल्क ?
सरकारले नागढुंगा सुरुङमागबाट याता गर्न सवारीसाधन अनुसारको शुल्क निर्धारण गरेको छ । जुअनुसार कार तथा भ्यानको लागि काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।
यस्तै, मिनीबस तथा टिपरलाई भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस र ट्रकलाई भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ, हेभी ट्रकलाई भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।
सुरुङमार्गमा मोटरसाइकल, स्कुटर र कुनै पनि दुईपाङ्ग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गरिएको छ । यस्तै, तीनपाङ्ग्रे सवारी (टेम्पो/अटोरिक्सा) , डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्वलनशील वा विष्फोटक सामग्री बोक्ने सवारी साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
यस्तै, पैदलयात्री समेत यो सुरुङमा हिँड्न पाउने छैनन् । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्ग ५ वर्षपछि सञ्चालनमा आएको हो । आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ ।
यसमध्ये करिब १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण हो भने बाँकी रकम नेपाल सरकारले जग्गा अधिग्रहण, मुआब्जा तथा अन्य व्यवस्थापनमा खर्च गरेको हो । आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।










प्रतिक्रिया