
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख १७ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशनमा आउने शेयरमध्ये १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।
आईपीओमा मेरो शेयरको मोबाइल एप, मेरो शेयर सफ्टवेयर (वेवसाइट) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेन दिन सकिन्छ ।
कम्पनीले जारी गर्ने शेयरमा बैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने व्यवस्था रहेको छ ।
आइपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया