विशाल बजार कम्पनीको शेयर कारोबार करिब तीन महिनपछि फुकुवा

0
Shares

विशाल बजार कम्पनीको नेप्सेमा रोक्का रहेको शेयर कारोबार करिब तीन महिनापछि फुकुवा भएको छ ।

कम्पनीले नेप्सेमा बुझाउनुपर्ने वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नबुझाएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले माघ १८ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । त्यसको करिब तीन महिनापछि बैशाख ८ बुधबार देखि लागू हुनेगरी कम्पनीको शेयर कारोबार फुकुवा गरेको सूचना नेप्सेले दिएको छ ।

बिशाल बजारले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्मको लेखापरीक्षण हुन् बाँकी वित्तीय विवरण र आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको विवरण तथा अन्य त्रैमासिक तथा अर्धवार्षिक विवरण कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा अपलोड गरेपछि कम्पनीको शेयर कारोबारखुला गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीलाई आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्था अक्षरस पालना गन सचेत गराउँदै शेयर कारोबार खुला गर्ने निर्णय गरेको जनाएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली अनुुसार नेप्सेलाई समयमा बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नबुझाउने कम्पनीको शेयर कारोबार रोक्का गर्न सक्ने व्यवस्था छ । विनियमावली अनुसार नेप्सेले कारोबार रोक्का गर्दा ३ महिनासम्म गर्न सक्ने व्यवस्था रहेको छ । यो विचमा समय थप गर्नुपरेमा धितोपत्र बोर्डको अनुमतिमा थप गर्न सक्छ । तर, यो बीचमा सूचीकृत कम्पनीले पालना गर्नुपर्ने नियमको पालना गरेको खण्डमा कारोबार खुल्ने व्यवस्था विनियमावलीले गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।