
ज्योति विकास बैंक (JBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड २५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले आफ्नो खुद नाफा ३८.१९ प्रतिशतले बढाएको हो ।
बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी घटेपनि खर्च नियन्त्रण र अन्य सञ्चालन आम्दानी वापत ४३ करोड ६ लाख कमाउँदा नाफा बढोत्तरीमा सहयोग पुगेको हो ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा पनि ९ करोड ५४ लाख रुपैयाँबाट बढेर ४३ करोड ३१ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २०.८९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३३.५३ रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.५८, पूँजीकोष अनुपात १२.६८, कोषको लागत ५.७७, आधार ब्याजदर ८.५७, र मूल्य आम्दानी अनुपात १२.७३ प्रतिशत छ ।
चैत मसान्त अवधीमा बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब १ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी, २१ करोड ५९ लाख रुपैयाँ फि कमिशन आय र ८६ करोड १४ लाख ६६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, कर्जा तथा निक्षेप २५ र ३३ प्रतिशत तथा फि कमिशन आय ७.५९ प्रतिशत, अन्य सञ्चालन आम्दानी ८८७ प्रतिशत, निक्षेप २४, कर्जा ३३, र सञ्चालन नाफा ३८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद बयाज आम्दानी भने ६.३३ प्रतिशतले घटेको हो ।
बैंकको जगेडा कोषको आकार ३० प्रतिशतले बढेर ८५ करोड २१ लख पुग्दा शेयरधनी कोष पनि २३.६६ प्रतिशतले बढेर २३ करोड ६९ लाख रुपैयाँ कायम भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया