रिलायबल नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आथिर्क वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट बैशाख ६ गते स्वीकृति भए अनुसार बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो ।

कम्पनीको रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ ।

रिलायवल सजिलो जीवन बीमालेख (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार १३ रुपैयाँ निरर्धारण गरेको छ ।
रिलायवल सुलभ जीवन बीमालेखमा २० रुपैयाँ देखि ३७ रुपैयाँ ५० रुपैयाँसम्म, रिलायवल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ र रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।