गरिमा विकास बैंकको नाफा बढ्यो, यस्तो छ अन्य वित्तिय अवस्था


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको खुद नाफा ३५.३४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले गत असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ ।

जोखिम व्यवस्थापनका कारण गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ।

बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्तिको आकार अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

६ अर्ब २ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी बैंकको रहेको बैैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।