नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरत प्रसाद राई रहेको प्रहरीले जनाएको छ ।
ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ उठाएर फरार भएका थिए ।
उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया