काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाएको छ ।
अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो ।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९८४ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेका थिए ।
पेन्सनधारीको हकमा भने अब १० प्रतिशत बृद्धि हुनेछ ।










प्रतिक्रिया