बेष्ट फाइनान्सको बैशाख ३१ गते साधारण सभा आह्वान, मर्जरमा जाने बाटो खुला गर्दै

0
Shares

बेष्ट फाइनान्स लिमिटेडले बैशाख ३१ गते चौबिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  फाइनान्सले शुक्रबार आफ्नो प्रधान कार्यालय, कमलादीमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभामा बेष्ट फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।

साधारण सभाका लागि फाइनान्सले बैशाख १९ गते शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार बैशाख १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।