झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र


भद्रपुर । झापाजिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२।८० किलोमिटर सडक ग्राभेल, ९।५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।

उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।

गत आवमा १ अर्ब ५१ करोड १४ लाख ७८ हजार रुपैयाँ विनियोजन भएकामा १ अर्ब ५ करोड ४५ लाख ६४ हजार ५४० रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।