प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांशको बुकक्लोज कहिले ?

0
Shares

प्रुडेन्सियल इन्स्योरन्स (PICL) ले जेठ २ गते आइतबार १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख ९ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को साधारण सभा होटल इच्छा सिमरा बारामा बिहान ११ बजे आह्वान गरेको हो।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ । बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार रुपैयाँ पुग्नेछ ।

उक्त लाभांश पश्चात कायम हुने पूँजीमा संस्थापकको हिस्सा ५१ तथा साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाएको छ । हाल कम्पनीमा ६० प्रतिशत हिस्सा संस्थापक तथा ४० प्रतिशत साधारण शेयरधनीको छ । शेयर संरचना परिमार्जन पश्चात साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशतमा बढ्नेछ भने संसथापकको ५१ प्रतिशतमा घट्नेछ । इसअघिको साधारण सभाबाट पनि कम्पनीले २० प्रतिशत संस्थापक हिस्सा घटाएको थियो ।

साधारण सभा प्रयोजनको लगि कम्पनी बैशाख १९ गते देखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जनाएको छ। त्यस अनुसार बैशाख १६ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम हुने शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।