बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २४ पैसा र बिक्रीदर १५२ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६२ पैसा र बिक्रीदर १७६ रुपियाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७६ पैसा र बिक्रीदर २०६ रुपियाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३७ पैसा र बिक्रीदर १८८ रुपियाँ ११ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५५ पैसा र बिक्रीदर १०७ रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ २५ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९६ पैसा र बिक्रीदर ११९ रुपियाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५८ पैसा र बिक्रीदर २२ रुपियाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५५ पैसा र बिक्रीदर ४० रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७६ पैसा र बिक्रीदर ४१ रुपियाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४५ पैसा र बिक्रीदर ४१ रुपियाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७५ पैसा र बिक्रीदर १० रुपियाँ ८० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९६ पैसा र बिक्रीदर १६ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४९ पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४० पैसा र बिक्रीदर १९ रुपियाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ७९ पैसा बिक्रीदर ४०५ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९६ रुपियाँ ९७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ०६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।