माण्डु हाइड्रोपावरको बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले गत दुई अर्थिक् वर्षको लाभांश प्रस्ताव पारित गर्न भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लाभांशको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।