नेप्सेमा ७६ अंकको उच्च गिरावट, महिला लघुवित्त र बिशाल बजारको शेयरमूल्यमा भने सकारात्मक सर्किट

0
Shares

साताको पहिलो दिन आइतबार शेयर बजार सूचक मापक नेप्से ७५.७९ अंकले घट्दा २४७२.२२ अंकमा बन्द भएको छ । कारोबारमा आएका सबै समूहका सूचक राताम्मे बनेपछि नेप्सेमा उच्च गिरावट आएको हो ।

प्रधानमन्त्री स्तरबाटै कोरोना भाइरस संक्रमण दर दैनिक वृद्धि हुन थालेपछि निर्देशन कडाईका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएपछि लकडाउन हुने हल्लाले लगानीकर्ता त्रसित बन्दा सस्तो मूल्यमा नै बिक्री गरेर बाहिरिँदा बजार सूचक नेप्से घटेको हो ।

आइतबार २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर १ लाख ४ हजार पटक किनबेच हुँदा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन होटल तथा टुरिजम्को सूचक सबैभन्दा धेरै ६.१४ प्रतिशतले घट्दा जलविद्युत ४.३७ प्रतिशत, वित्त ३.४०, लगानी ३.३७, निर्जीवन बीमा ४.३४, ब्यापार ३.१०, लघुवित्त ३.०६, बैंकिङ्ग २.३४, विकास बैंक २.९७, उत्पादन २.४५, अन्य २.३४, जीवन बीमा २.६८, म्युचुअल फण्ड ०.७० प्रतिशतले घटेको छ ।

आइतबार नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सबैभन्दा धेरै ३९ करोड ५२ लाख, ज्योति लाइफको ३३ करोड ८५ लाख, अपर तामाकोशी २५ करोड ९७ लाख, नबिल बैंकको २० करोड ९७ लाख र एनआईसी एशिया बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन कुमारी बैंक, नेपाल लाइफ, एनसीसी बैंक, नेपाल रि इन्स्योरेन्स कम्पनी, र नागरिक लगानी कोषको पनि साढे १५ करोड बढी रकमको शेयर खरीद बिक्री भएको छ ।

घट्दो बजारमा पनि महिला लघुवित्त र बिशाल बजार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर, मिर्मिरे लघुवित्तको मूल्य ३ प्रतिशतले घट्दा गुडविल फाइनान्स, नेपाल इनभेष्टमेन्ट बैंक संस्थापक शेयर, एनएमबि हाइब्रिड फण्ड एच १ को मूल्य पनि सामान्य बढेको छ ।

आजको बजारमा कुमारी बैंकको संस्थापक शेयर १४ रुपैयाँ बढेर ११४ रुपैयाँमा ४५ हजार कित्ता शेयर कारोबार भएको छ । ब्रोकर ४९ अनलाइन सेक्युरिटीजबाट ५७ नम्बर ब्रोकर आर्यातारामा बैंकको संस्थापक शेयरको म्याचिङ्ग ब्लक कारोबार भएको छ ।

आइतबारको बजारमा चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशत अर्थात १८० रुपैयाँले घटेर १९५५ रुपैयाँमा झरेको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको ८.१९, रिडी, युनियन हाइड्रोपावरको ७ प्रतिशत बढी तथा ओरियन्टल होटल, साञ्जेन जलविद्युत, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट, सिभिल लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको ६ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।