इलेक्ट्रिक स्कुटर किन्दै हुनुहुन्छ ? याडिया बन्न सक्छ तपाईको रोजाईमा


काठमाडौँ । कुजु नेपालले याडिया ब्राण्डका तीनवटा नयाँ इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जिटी ७०, जिटी८० र जिएस७० मोडलका इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक भएका हुन् ।

कम्पनीका डिलर सेल्स म्यानेजर दिपेश काफ्लेका अनुसार नेपाली बजारमा रिसेन्टली नै जिटी ७०, जिटी८० र जिएस७० मोडलका इलेक्ट्रिक स्कुटरहरू भित्र्याइएको हो । यी नयाँ मोडलहरूमध्ये जिटी ७०, ले प्रतिचार्ज १०५ किलोमिटर र स्पोर्टियर लुक्ससहितको जिटी ८० ले १५० किलोमिटरको रेन्ज प्रदान गर्दछन् ।

जिएस७० ले भने २२० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । जिटी८० मोडलमा रोबोटिक्स थिममा आधारित ‘मेका डिजाइन’ प्रयोग गरिएको छ र यी स्कुटरहरू नेपालको अफरोड तथा पानी जमेको सडकमा समेत सफलतापूर्वक परीक्षण गरिसकिएका छन् ।

याडियाले स्कुटरका साथै १५० किलोमिटर रेन्ज र एलएफपी ब्याट्री जडित केनेस इलेक्ट्रिक बाइक पनि प्रदर्शनीमा राखेको छ । यसका साथै १०० किलोमिटर रेन्ज भएको ‘भ्यालेक्स’ मोडल २ लाख ८० हजार रुपैयाँको बजेट रेन्जमा उपलब्ध गराइएको छ । जिएस–७०, जिटी–७० र जिटी–८० मा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ ।

नयाँ याडिया सिरिजमा ब्लुटुथ कनेक्टिभिटी, टिएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी, पाँचजनासम्म प्रयोग गर्न सकिने फ्यामिली सेयरिङ, स्मार्ट कि लेस प्रणाली जस्त फिचरहरु रहेका छन् । कुजु नेपाल प्रालिले नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा रु. १० हजारको विशेष छुट प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।