काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । आज एकैदिन सुन तोलामा ४ हजार ६०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२४.२६ अमेरिकी डलर र चाँदी ६३.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया