मुस्ताङ । यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ ।
गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ मौज्दात रहेको छ ।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा सात करोड १६ लाख ३२ हजार रुपैयाँ, सांग्रिला बैंकमा तीन करोड ९२ लाख ९५ हजार रुपैयाँ, प्रभु बैंकमा ५५ लाख ६४ हजार रुपैयाँ, नेपाल बैंकमा ११ लाख २३ हजार रुपैयाँ र माछापुच्छे« बैंकमा १७ हजार ५०० रुपैयाँ मौज्दात छ ।






प्रतिक्रिया