बीमा कम्पनीलाई आइटी अडिटको प्रतिवेदन बुझाउने समय थप

0
Shares

बीमा समितिले बीमा कम्पनीहरुलाई सूचना प्रविधि प्रणालीको परीक्षण (आइटी अडिट) को प्रतिवेदन बुझाउने समय थप गरेको छ । तोकिएको समयमा अधिकांश कम्पनीले आइटी अडिटको प्रतिवेदन नबुझाएपछि बीमा समितिले बैशाख मसान्तसम्म समय थप गरेको हो ।

समितिले यस अघि कम्पनीहरुलाई चैत्र मसान्तसम्म आइटी अडिटको प्रतिवेदन बुझाउन समय थप गरेको थियो । थप भएको उक्त समयमा पनि कम्पनीहरुले प्रतिवेदन नबुझाए पछि बैशाख मसान्तसम्म समय थप भएको हो ।

समितिद्धारा जारी बीमकको सूचना प्रविधि मार्गदशन अनुसार सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिटको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने हुन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने तोकिएको समयमा कम्पनीहरुले प्रतिवेदनत बुझाउन नसकेपछि पुनः समय थप गरिएको हो । ”

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सृर्जित विषम पस्थितिलाई मध्यनजर गर्दै समितिले आव २०७६/०७७ मा गरिएको सूचना प्रविधि प्रणालीको परिक्षणको प्रतिवेदन बुझाउनका लागि चैत्र १५ गतेसम्म अन्तिम मिति तोकेको थियो । सो समयमा पनि केही कम्पनीले मात्रै आइटी अडिटको प्रतिवेदन बुझाएपछि समितिले चैत्र मसान्तभित्र समय थप गरेको थियो । उक्त समयमा पनि कम्पनीले प्रतिवेदन नबुझाए पछि समितिले पुःन समय थप गरेको हो ।

बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै समितिले गत फागुन १४ गते बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ जारी गरेको थियो । उक्त मार्गदर्शनको परिच्छेद ५ मा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा सूचना प्रविधिको अडिट गरी सोको प्रतिवेदन समितिमा बुझाउन निर्देशन दिएको थियो ।

समितिमा बुझाउने प्रतिवेदनमा कम्पनीहरुले कम्पनीको नाम, मुख्य कार्यालयको ठेगाना, बीमकको सूचना प्रविधि नीति, डेटा सेन्टर, सूचना प्रविधि विपत व्यवस्थापन केन्द्र, औपचारिक वेभसाइट, औपचारिक मेल, बीमा सफ्टवेयर, बीमा एप्स, सूचना प्रविधि सम्बन्धी अन्य विवरण र सूचना प्रविधि विभाग प्रमुखको विवरण समावेश गर्नुपर्ने हुन्छ ।

नेपालमा ४० वटा बीमा कम्पनीले बीमा सम्बन्धी कारोबार गर्दै आएका छन् । समितिद्धारा जारी बीमकको सूचना प्रविधि मार्गर्दशन अनुसार सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिटको प्रतिवेदन बीमा समितिमा पेश गर्नु पर्ने हुन्छ । तर, अझै पनि अधिकांश कम्पनीले प्रतिवेदन बुझाउन सकेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।