
स्पर्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५१ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा लघुवित्तले १ करोड ६२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ९५.६९ प्रतिशतले नाफा बढाएको हो ।
चुक्ता पूँजी ११ करोड २० लाख २९ हजार रुपैयाँ रहेको स्पर्स लघुवित्तको जगेडा कोष ८२.५६ प्रतिशत बढेर ४ करोड ७४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३० करोड ३१ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन तथा ८६ करोड ८७ लाख ६५ हजार रुपैयाँ सापटी गरी एक अर्ब २५ करोड ३१ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ७ करोड ६९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड ३३ लाख ६४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ बढेर ४१.८५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ४.९०, कोषको लागत ५.३४, प्रतिशेयर नेटवर्थ १४२.३४ रुपैयाँ छ ।
स्पर्शले ग्लोबल आईआईएमई लघुवित्तमा विलय भएर बैशाख ८ गतेदेखि नै एकीकृत कारोबार थालेको छ । यसअनुसार यस लघुवित्तको यो नै अन्तिम त्रैमासिक वित्तीय विवरण पनि हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया