बिशाल बजार र महिला लघुवित्तको शेयरमूल्यमा घट्दो बजारमा पनि सकारात्मक सर्किट

0
Shares

सोमबारको ऋणात्मक बजारमा पनि बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार घटेपनि ती दुई कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

दुबै कम्पनीको मूलय १० प्रतिशतले बढेर सर्किट लागेको हो । अघिल्लो दिन आइतबारको तुलनामा बिशाल बजार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ३४८ रुपैयाँले बढेर ३ हजार ८३२ रुपैयाँ पुगेको छ । महिला लघुवित्तको पनि ९.९७ प्रतिशतले मूल्य वृद्धि हुँदा २ हजार ३४९ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य प्रतिकित्ता २१३ रुपैयाँले बढेको हो ।

साढे १ बजेसम्म बिशाल बजारको सर्किट मूल्यमा नै ११४ वटा अर्डर मार्फत ९ हजार ५५४ कित्ताको माग छ भने महिला लघुवित्तको ६८८ वटा अर्डर मार्फत २ लाख १४ हजार २०६ कित्ताको माग प्लेसमेन्ट भएको छ । ती दुबै कम्पनीको शेयरमा बिक्रेता छैनन् भने खरीदकर्ताको धेरै छ । जसले शेयर मूल्य बढेको हो ।

 

यस अवधिमा नेप्से ३२ अंकले घटेर २५४० मा झरेको छ भने २१० कम्पनीका ६९ लाख २४ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड रुपैयाँमा खरीद बिक्री भएका छन् । सबैसमुहका सूचक राताम्मे रहेको बजारमा अपरतामाकोशीकोसबैभन्दा धेरै २० करोड बढीको शेयर कारोबार हुँदा पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।