काठमाडौँ । अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा गम्भीर प्राविधिक कमजोरी देखिएको छ । मन्त्रालयले राखेको मुख्य शीर्षकमा थिच्दा अर्कै विषयका सूचनाहरू खुल्ने भएपछि जानकारी लिन चाहने सर्वसाधारणहरू अन्योलमा परेका छन् ।
वेबसाइटको मुख्य भागमा रोजगारी बढाउने र आर्थिक वृद्धिका लागि बनाइएको वित्तीय रणनीति सम्बन्धी शीर्षक अंग्रेजीमा (आइएनएफएफ फाइनान्सिङ स्ट्राटेजी फर प्रो–एम्पलोइमेन्ट इकोनोमिक ग्रथ) राखिएको छ । तर उक्त शीर्षकमा गएर जानकारी खोज्दा त्यो रणनीतिसँग सम्बन्धित मुख्य प्रतिवेदको खुल्नुको सट्टा मन्त्रालयका अन्य चारवटा फरक र असान्दर्भिक सूचनाहरू मात्र देखा पर्छन् ।

सो शीर्षक खोल्न खोज्दा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि, लघुवित्त पीडितसँग भएको सम्झौताको प्रेस विज्ञप्ति, कार्यालयका लागि चाहिने सामान खरिद सम्बन्धी बोलपत्र र नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्दशक छनोट सम्बन्धी सूचनाहरू खुलिरहेका छन् । मन्त्रालयको प्राविधिक टोलीले नयाँ शीर्षक थपेको छ तर त्यसभित्र सही फाइल नराख्दा यो समस्या आएको हो । सरकारी सूचना प्रणालीमा देखिएको यस्तो सामान्य लापरबाहीका कारण सही सूचना पाउन खोज्नेहरूले सास्ती खेप्नुपरेको छ । मन्त्रालयजस्तो जिम्मेवार निकायको वेबसाइटमा यस्तो भद्रगोल देखिनुले सूचना व्यवस्थापनमा कमजोरी रहेको पुष्टि गर्छ ।
लघुवित्त पीडितसँग भएको सम्झौताको प्रेस विज्ञप्ति, कार्यालयका लागि चाहिने सामान खरिद सम्बन्धी बोलपत्र र नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्दशक छनोट सम्बन्धी सूचनाहरू खुलिरहेका छन् ।
सरकारी सूचना प्रणालीमा देखिएको यस्तो सामान्य लापरबाहीका कारण सही सूचना पाउन खोज्नेहरूले सास्ती खेप्नुपरेको छ । मन्त्रालयजस्तो जिम्मेवार निकायको वेबसाइटमा यस्तो भद्रगोल देखिनुले सूचना व्यवस्थापनमा कमजोरी रहेको पुष्टि गर्छ ।





प्रतिक्रिया