डीडीसीको बजार दुबईमा विस्तार, ६ सय किलो घिउ पठाइँदै


काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित घिउ दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।

दुबईमा घिउ निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ । पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ ।

दुबईमा रहेका बिक्रेताले परीक्षणको रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं,’ उनले भने ।

दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घिउसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ । नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।