वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा २ जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा ३ जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो ।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।