नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले आफ्नो अधिकांश वित्तीय सूचकहरुमा कमजोर प्रदर्शन गरेको छ । बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचक घटेका हुन् ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८७ करोड ८६ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा १ अर्ब ४३ करोड ८२ लाख १० हजार खुद नाफा कमाएको बैंकको ३८.९१ प्रतिशतले नाफा घटेको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३२५ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा १० करोड ४३ लाख ९१ हजार रहेको यस्तो नाफा ४४ करोड ४६ लाख १२ हजार पुगेको छ ।
चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको बैंकको ६ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी ९.०७ रुपैयाँले घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १२.३४ रुपैयाँ छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब २५ करोड २५ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.६५, सञ्चालन नाफा ३८.८८ र निक्षेप संकलन ८.३९ प्रतिशतले घटेको छ । बैंकको कर्जा लगानी भने ७.०४ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर २.४०, कोषको लागत १.४५ प्रतिशतले घटेको छ ।
बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ९९ लाख र शेयरधनी कोषमा १ अर्ब १ करोड १६ लाख ५६ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १४.१५, खराब कर्जा अनुपात ०.२३, कोषको लागत ५.३४, कर्जा निक्षेप अनुपात ७६.९८, आधारदर ७.४६, स्प्रेडदर ३.३३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६१.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.१२ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया