शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्शन, एनसीसी बैंकको सर्वाधिक कारोबार

0
Shares

शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्शन आएको छ । मंगलबार ९२ अंकले बाउन्स ब्याक भएको बजार सूचकमा बुधबार भने १३.७९ अंकले घटेको हो ।

बुधबार नेप्से सूचक १३.७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ अंकमा झरेको छ । बुधबार २१५ वटा कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता शेयर ४६ हजार ९५९ पटक खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ९९ करोड कायम भएको छ ।

बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गर्ने निर्णयसँगै लगानीकर्ताले खर्च जुटाउँदा बजार दबाबमा परेको हो । यसबीचमा लगानीका अन्य क्षेत्र संकुचित हुँदा तरलता शेयर बजारमा नै प्रवेश गर्ने हुँदा बजारले थप गति लिने आंकलन गरिएको छ । जसले घट्दो बजारमा लगानीकर्ताले शेयर बिक्री गरेका छैनन् । मंगलबारको तुलनामा १ अर्ब १० करोडले कारोबार घट्नुले पनि बजार बढ्नेमा लगानीकर्ता आशावादी रहेको देखिन्छ ।

बुधबार कारोबारमा आएका १३ समुह उप्तादनमुलक, अन्य र ब्यापार बाहेकका १० समुहको सूचक नकारात्मक रहेका छन् । व्त्तिको सूचक सर्वाधिक १.२४ प्रतिशतले घटेकोमा अन्य ९ सूचक १ प्रतिशतभन्दा कम घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक ०.९८ प्रतिशतले बढेको छ भने अन्य ०.९० र व्यापार ०.२५ प्रतिशतले बढेको छ ।

एनसीसी बैंकको सर्वाधिक कारोबार

बुधबारको बजारमा एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड २९ लाख रुपैयाँ बराबरको ८ लाख ३५ हजार ४६६ कित्ता शेयर खरीद बिक्री भएको हो ।

दोस्रो ठूलो कारोबार भएको अपर तामाकोशीको १६ करोड ९७ लाख, एचआईडिसीएलको १४ करोड ४६ लाख, निफ्रा ११ करोड ४६ लाख र र एनआईसी एशिया बैंकको ११ करोड ३३ लाख रुपैयाँको शेयर कारोबारमा आयो ।

ग्लोबल आइएमई बैंक, शिवम् सिमेन्टस्, नबिल बैंक र हिमालयन डिष्टिलरी पनि शीर्ष दश ठूलो कारोबार हुने कम्पनीभित्र समेटिएका छन् । यी कम्पनीको पनि ८ करोड धेरे रकमको शेयर कारोबार भयो ।

सिंगटी हाइड्रो, महिला लघुवित्त र विशाल बजारमा शेयर सकारात्मक सर्किट

यस दिन बुधबारदेखि नै कारोबारमा आएको महिला लघुवित्त, महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपर, नारायणी डेभपलमेन्ट बैंक, बोटलर्स नेपाल तराई, र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेका छन् ।

पोखरा फाइनान्सको लगानीकर्ताले सर्वाधिक गुमाए

बुधबारको बजारबाट पोखरा फाइनान्सको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको मुल्य ६.१५ प्रतिशतले घटेर २९० मा झरेको हो ।

यस्तै प्रोग्रेसिभ फाइनान्स, रैराङ हाइड्रोपावर, सिन्धु विकास बैंकको शेयरमूल्य ४ प्रतिशत बढीले घट्दा नेशनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक र मल्टिपपर्स फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, हिमालयन जनरल इन्स्योरेन्स र रिडी हाइड्रोपावरका लगानीकर्ताले पनि बुधबारको बजारबाट ३ प्रतिशत धेरैले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।