
नेपाली बजारमा एक सातादेखि ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो बिहीबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ८ सय रुपैयाँ, तेजावी ९० हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३ सय १५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापवाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार चाँदी तोलाको १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया