स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढ्यो, सुरक्षित रहन मन्त्रालयको अपिल

0
Shares


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ जिल्लामा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेको भन्दै सम्पूर्ण जनतामा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले नेपालको स्वास्थ्य प्रणलीले नै थेग्न नसक्ने कोभिड १९ को संक्रमणको उच्च चाप बढेको भन्दै सुरक्षित रहन अपिल गरेको हो । मन्त्रालयका अनुसार कोभिड संक्रमणका बिरामीलाई अस्पतालमा राखेर हेरचाह गर्ने अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था उत्पन्न भैसकेको छ ।

अहिले नेपालका ७७ जिल्लाहरु मध्य २२ जिल्लाहरुमा उच्च जोखिम रहेका मन्त्रालयले जनाएको छ । कोभिड १९ संक्रमणका हिसाबले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्कि, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु,सुर्खेत, कैलाली र कञ्चनपुर जिल्ला कोभिडबाट उच्च प्रभावित छन् ।

कुनैपनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरीक बाह्य पर्यटक कहीँ कतै जाने कामहरु, सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने मन्त्रालयले आग्रह समेत गरेको छ ।

संक्रमण रोकथाममा जनस्वाश्थ्यका मापदण्डहरु मास्क, भौतिक दूरी कायम, बेला बेलामा साबुन पानीले हात धुनु नै उत्तम हुने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकैदिन ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदाउपत्यकामा मात्रै १ हजार ५६१ जनामा संक्रमण पाइएको थियो । यस्तै बिहीबर कोरोना भाइरस संक्रमण कोभिड १९ का कारण एकैदिन हालसम्मकै बढी ३५ जनाले कोभिडबाट मृत्यु बरण गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ बैशाख २०७८, शुक्रबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।