जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। अर्धचालकसम्बन्धी उत्पादनमा वृद्धि भए पनि यातायात उपकरण उत्पादनमा आएको कमजोरीले समग्र वृद्धिलाई सीमित गरेको हो।
जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार, जुन महिनाको औद्योगिक उत्पादन वृद्धि यसअघि अनुमान गरिएको एक दशमलव छ प्रतिशतबाट संशोधन गरी एक दशमलव नौ प्रतिशत कायम गरिएको छ।
सन् २०२० लाई एक सयको आधार वर्ष मान्दा, कारखाना तथा खानीको मौसमी समायोजित उत्पादन सूचकांक जुलाईमा १०४.७ पुगेको छ।
प्रतिवेदनमा समेटिएका १५ मध्ये १० वटा औद्योगिक क्षेत्रको उत्पादन बढेको छ। अर्धचालक उत्पादन उपकरणको निर्यात बढेपछि उत्पादन मेसिनरी क्षेत्रमा उल्लेख्य सुधार देखिएको थियो ।
यसैबीच, मोटरबाहेकका यातायात उपकरण उत्पादन घटेको छ भने विद्युतीय मेसिनरी तथा सूचना तथा सञ्चारसम्बन्धी विद्युतीय उपकरणको उत्पादनमा कुनै परिवर्तन भएन । निर्माताहरूको सर्वेक्षणका आधारमा मन्त्रालयले अगस्टमा औद्योगिक उत्पादन ६.४ प्रतिशतले बढ्ने र सेप्टेम्बरमा ४.२ प्रतिशतले घट्ने अनुमान गरेको छ।





प्रतिक्रिया