नेप्सेमा ५४ अंकको उच्च सुधार, एनसीसी बैंकको लगातार शीर्ष कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा आइतबार ५४ अंकको उच्च सुधार आएको छ । जारी निषेज्ञाकाबीच बजारमा लगानीका अन्य क्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानी केन्द्रीत हुँदा पनि बजारमा उच्च अंकको सुधार आएको छ ।

आइतबार २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर ८३ हजार ४०४ पटक खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३६ करोड ८ लाख ५०० रुपैयाँ पुगेको छ ।

यसदिन कारोबारमा आएका सबै समुहका सूचक उकालो लागेका छन् । अन्य, होटल तथा टुरिजम्, जीवन बीमा, निर्जीवन बीमाको सूचक ३ प्रतिशत बढीले बढेको छ भने ब्यापार, उत्पादन र लघुवित्तको सूचक २ प्रतिशत धेरै तथा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, वित्तको सूचक १ प्रतिशत बढीले बढेको छ ।

एनसीसी बैंकको शेयर निरन्तर उच्च कारोबार

आइतबार पनि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्यमा निरन्तर उच्च कारोबार भएको छ । आइतबार बैंकको ११ लाख ४२ हजार ७५३ कित्ता शेयर ४२ करोड २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको हो ।

केही दिनयता शीर्ष कारोबार हुने कम्पनीको पहलिो नम्बरमा एनसीसी बैंक पर्दै आएको छ । नबिल बैंकसँग प्राप्तीको प्रकृयाका लागि गृहकार्य अगाडि बढेसँगै बैंकको शेयरमूल्यमा निरन्तर बढ्दै आएको छ । आइतबार पनि बैंकको मूल्य ४.२५ अर्थात १५ रुपैयाँले बढेर ३६७ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोे छ ।

आजको बजारमा पुनर्बीमा कम्पनीको ४० करोड, टेलिकमको ३२ करोड, निफ्रा २४ करोड, हिमालयन डिष्टिलरीको २१ करोड, र शिवम् सिमेन्टको २० करोड बढीको शेयर कारोबार भएको छ । अपर तामाकोशी, नेपाल लाइफ, सानिमा बैंक र अरुण भ्यालीको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-05-02 15:00:00
NCCB 420,243,903.00 367.00
NRIC 403,228,050.00 1,512.00
NTC 324,414,093.00 1,370.00
NIFRA 242,246,556.00 542.00
HDL 212,353,155.00 4,638.00
SHIVM 200,377,636.00 1,558.00
UPPER 165,507,156.00 864.00
NLIC 147,808,468.00 2,099.00
SANIMA 146,388,425.00 402.00
AHPC 128,699,016.00 303.00

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतबारको बजारमा महिला लघुवित्त, बिशाल बजार, र सिंगटी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यी तीनवटै कम्पनीमा केही दिनयता सर्किट लेबलमा नै वृद्धि हुँदै आइरहेको थियो ।

यसैगरी शतप्रतिशतले खुद नाफा बढाएको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य ८.७०, सिनर्जी पावर डेभलपमेन्ट ७.१४, युनिभर्सल पावर ७.१०, जानकी फाइनान्स ६.५९, आशा लघुवित्त ६.०५, शिखर इन्स्योरेन्सको ६.०१ र छ्याङ्दी हाइड्रोपावरको ५.४८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-05-02 15:00:00
MLBSL 3,437.00 312.00 9.98
BBC 5,608.00 509.00 9.98
SHEL 399.00 36.00 9.92
SGI 812.00 65.00 8.70
SPDL 300.00 20.00 7.14
UPCL 181.00 12.00 7.10
JFL 275.00 17.00 6.59
ALBSL 1,824.00 104.00 6.05
SICL 1,940.00 110.00 6.01
CHL 308.00 16.00 5.48

यी कम्पनीको शेयरमूल्य घट्यो

उच्च अंकले बढेको शेयरमूल्यमा पनि आइतबारको बजारमा एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयरको मूल्य १.९९ प्रतिशतले घटेको छ ।

यस्तै सनराइज फस्ट म्युचुअल फण्ड, एनआईबिएल समृद्धि फण्ड, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर, नेपाल हाइड्रो डेभलोपर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, गुडबिल फाइनान्स, साञ्जेन जलविद्युत, र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य १ प्रतिशतले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-05-02 15:00:00
EBLCP 738.00 -15.00 -1.99
SFMF 13.17 -0.19 -1.42
NIBSF1 13.42 -0.18 -1.32
GBIMEP 150.00 -2.00 -1.32
NHDL 336.00 -4.00 -1.18
NABBC 524.00 -6.00 -1.13
GFCL 278.00 -3.00 -1.07
SJCL 464.00 -5.00 -1.07
KRBL 197.00 -2.00 -1.01
JLI 834.00 -8.00 -0.95

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।