हिमाल दोलखाको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन, सर्वसाधारणलाई ७४ लाख ९३ हजार कित्ता

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत असार २५ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । छोटो अवधिमा सबै आईपीओ बिक्री नभएपछि कम्पनीले लामो अवधि साउन २४ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो ।

हिमाल दोलखा हाइड्रोपावरले यस अघि स्थानीयले नकिनेको शेयर समेत गरेर कुल ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार २१० कित्ता शेयर आईपीओ जारी गरेको हो ।

निष्काशित ७६ लाख ७२ हजार २१० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई एक लाख ५३ हजार ४४४ कित्ता तथा म्युचुअल फण्डलाई २५ हजार कित्ता शेयर छुट्याइएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । उक्त सेयरमा आवेदन दिनको लागिग सि–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो शेयर मार्फत समेत दरखास्त दिन सकिने रहेको छ ।

आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड रुपैयाँसम्म माग गर्न सकिनेछ । आईपिओमा असार २९ गतेसम्म आवेदन दिन पाइनेछ ।

आगामी वर्ष बाटै लाभांश दिने हिमाल दोलखाको दाबी, साउन २४ गतेसम्म आईपीओ भर्न पाईने

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ । जसमा संस्थापक शेयरधनीको हिस्सा ५१.२५ प्रतिशत तथा साधारण शेयर धनीको हिस्सा ४८.७५ प्रतिशत कायम हुनेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् । कम्पनीले केबिएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ ।