समता घरेलु लघुवित्तको शेयर मंगलबारदेखि किनबेच गर्न सकिने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत हुनुका साथै कारोबार समेत फुकुवा भएको छ ।

स्टकका अनुसार समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिए पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको हो। समता र घरेलु १ः०.८० को अनुपातमा गाभिँएका हुन् । दुई संस्था गाभिँएपछि कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसका साथै, वैशाख २० गते सोमबारबाट मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको कारोबार समेत फुकुवा गरिएको नेप्सेले जनाएको छ । कम्पनीको शेयर एसएमएटिए कोडबाट कारोबारमा आउनेछ ।

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको मर्जर पश्चात समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट गत बैशाख ०२ गते देखिे एकीकृत कारोवार सुरु गरिसकेको छ ।

बारा जिल्ला, सिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था बनेको हो ।

दुई संस्था गाभिए पश्चात् बनेको वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल संचालन मूनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरु कायम भएका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्रको रुपमा आगामी दिनमा देशै भरि शाखाहरुको संजाल विस्तार गरी विपन्न वर्गमा लघुवित्तको पहुँच अभिबृद्धि गर्ने योजना रहेको कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।