
विश्व महामारी कोरोना भाइरस संक्रमण (कोभिड महामारी) तीव्र बनेपछि सरकारले देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको बाह्रौँ जनगणना कार्यक्रम स्थगित भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना राष्ट्रिय अभियानका निर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गर्न केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।
सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेपछि केही दिन अगाडि केन्द्रीय तथ्याङ्क विभागले कोरोनाको कहरका बेला कार्यतालिका अनुरुप काम गर्ने।नगर्ने निर्णयका लागि मात्रै मन्त्रिपरिषद्सँग जवाफ माग गरेको थियो ।
राष्ट्रिय जनगणनाको लागि जेठ २५ देखि असार ८ गतेसम्म गर्ने सम्पूर्ण तयारी पूरा हुनै अन्तिम समयमा आएर मन्त्रिपरिषदले स्थगित गर्ने निर्णय गरेको हो ।
नेपालामा विसं १९६८ देखि सुरु भएको जनगणना कार्यक्रम ११० वर्षपछि आएर इतिहासमा नै पहिलोपटक स्थगित भएको हो । कोभिड संक्रमणका कारण घरघरमा पुगेर जनगणना गर्न अवस्था अनुकुल नभएपछि कार्यक्रम नै स्थागन गरिएको हो । यसअघि दरवार हत्याकाण्डका कारण २०५८ सालमा केही समय पर सारिएको थियो ।
‘मेरो जनगणना मेरो सहभागिता’ नाराका साथ विभागले देशभर ९ हजार सुपरिवेक्षक र ३९ हजार जना गणक छनोट गरेर राष्ट्रिय जनगणना सञ्चालन गरिन लागिएको थियो ।
जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा घरपरिवारको सूचीकरण कार्य २०७८ बैशाख २६ देखि जेष्ठ १४ सम्म र दोस्रो चरण अन्तर्गत मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलन ९जनगणना० जेष्ठ २५ देखि असार ८ सम्म सञ्चालन गर्ने कार्यतालिका विभागको थियो ।
सरकारले यस आर्थिक बर्षमा मात्रै जनगणनाका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ। जनगणनका लागि देशभर जिल्लागत तथा प्रदेशस्तरका गरी ८७ वटा कार्यालय स्थापना भइसकेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया